एलपी ग्यास उद्योग संघको अध्यक्षमा मल्ली निर्वाचित
नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित भएका छन्।
एलपी ग्यास उद्योगको छाता संगठनको अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका मल्ली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
संघको सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन्। जसमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी शंकर श्रेष्ठले पाएका छन्।
दिवान चन्द र मनोजकुमार दास उपाध्यक्ष, महासचिवमा कृष्णभक्त श्रेष्ठ, सचिवमा आशिष जाजोदिया र कोषाध्यक्षमा धर्मराज बर्तौला निर्वाचित भएका छन्।
संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटीलाई चयन गरिएको छ। त्यसैगरी, कार्यसमिति सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, अच्युत नेपाल, सुनिल सिन्हा, युवक राजभण्डारी, मनोज बुढाथोकी, सुदीप घिमिरे र राजकुमार सिन्धी निर्वाचित भएका छन्।