दशैं–तिहारमा होण्डाको ‘साथ ७’ योजना
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ ल्याएको छ ।
सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा मोटरसाइकल तथा स्कूटर खरीद गर्ने १ जनालाई रु. १ लाख प्रदान गरिनेछ ।
यो योजना अन्तर्गत ग्राहकले, ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सकिने छ ।
त्यसैगरी होण्डा ‘बिगबाइक’को खरीदमा रु. ४० हजारसम्मको ‘क्यास ब्याक’ पाइने कम्पनीले जनाएको छ ।
त्यसका साथै यस योजनामा ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरीद गर्न सकिन्छ ।
बम्परमा एक जनाले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने होण्डाले जनाएको छ ।