डिशहोमले सीडब्लूसी लिग–२ को प्रत्यक्ष प्रसारण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ।
सम्झौता अनुसार, नेपाल र ओमानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय सीडब्लूसी लिग–२, ट्राई नेशन सिरिजको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने छ ।
सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका छन् ।
उक्त सिरिजका ६ खेल २८ भदौदेखि ४ असोजसम्म हुने छन्। सबै खेल डिशहोमले एक्सन स्पोर्टस् एचडी १ र गो ओटीटी एप मार्फत प्रसारण गर्ने छ।