एमयूएफसी विजयचोक युवा क्लबलाई सफ्टनेपको साथ
आईटी कम्पनी सफ्टनेप र एमयूएफसी विजयचोक युवा क्लबबीच सम्झौता भएको छ।
सम्झौता अनुसार, सफ्टनेप शहीद स्मृति ‘सी’ डिभिजन छनोट खेलको टेक्नोलोजी पार्टनरका रूपमा रहनेछ।
यो वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल १० भदौबाट शुरू भएको छ। अखिल नेपाल फूटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भइरहेको छ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नेपाली समर्थकहरूको समूह एमयूएफसी नेपाल र विजयचोक युथ क्लबले सहकार्य गर्दै यस वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेका हुन्।
सन् २००५ मा स्थापना भएको सफ्टनेपले सफ्टवेयर डेभलपमेन्ट, वेब एप्लिकेसन्स, क्रियटिभ डिजाइन लगायतका सेवा दिंदै आएको छ।