माधवकुमार नेपाललाई मन्त्री छान्ने जिम्मा
नेकपा (एकीकृत समाजवादी)ले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ।
आइतबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले मन्त्री छनोट गर्ने जिम्मा नेपाललाई दिएको सांसद मेटमणि चौधरीले बताए। “हाम्रो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा नेपाल कमरेडलाई दिएका छौं,” चौधरीले भने।
त्यस्तै, संसदीय दलको विधानका लागि मस्यौदा समिति गठन गरेको छ। विधान मस्यौदा समितिमा भवानी खापुङ, लक्ष्मी चौधरी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी र निरा जैरू रहेका छन्।
यससँगै बैठकले प्रतिनिधि सभा संसदीय दलको नेतामा नेपाल र राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ।