नेपाल र भुसाल संसदीय दलको नेता चयन
नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेको छ।
आइतबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रतिनिधि सभा संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको हो। नेपाललाई सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
त्यस्तै, राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन्। बैठकले भुसाललाई पनि सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो।
नेकपा (एमाले)बाट विभाजन भएर एकीकृत समाजवादी बनेको हो। नयाँ दलले मान्यता पाएसँगै संसदीय दलको नेता पनि चयन गरिएको छ।