भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री
नेकपा (एमाले)का सांसद भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन्।
उनले बिहीबार एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई शपथ खुवाएका हुन्।
यसअघि बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो। प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलका नेता आचार्यलाई प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्री नियुक्त गरेका थिए।
एमालेमा उनी पूर्व महासचिव माधवकुमार नेपालको पक्षमा थिए। एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनले नेपालको साथ छोडेको थिए।