माधव नेपाल सहित नेताहरू निर्वाचन आयोगमा
नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न माधवकुमार नेपाल सहित नेकपा (एकीकृत समाजवादी)का नेताहरू निर्वाचन आयोग पुगेका छन्।
२ भदौमा नेपालको नेतृत्वमा एकीकृत समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिइएको थियो। नेकपा (एमाले)बाट विभाजित भएर नयाँ पार्टी दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्य चाहिन्छ।
त्यसका लागि एमालेका ५८ केन्द्रीय सदस्यले आयोगमा निवेदन दिएका थिए। उनीहरूलाई सनाखतका लागि आयोगले आज बोलाएको हो।
नेपाल पक्षको केन्द्रीय सदस्यको सनाखतपछि प्रमाण पुगेको आयोगले आजै प्रमाणपत्र दिने तयारी गरेको जनाएको छ।
यसअघि नेपाल पक्षका रहेका उपाध्यक्ष भीम रावल सहित १० जना नेता भने एमालेमै फर्किएका छन्। उनीहरू मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका थिए।