एमाले र कांग्रेसको महाधिवेशन एक दिनको फरकमा
नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैले आगामी मंसीरमा महाधिवेशन गर्ने भएका छन्।
मंगलबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १०, ११ र १२ मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले भदौ अन्तिम साता हुने भनिएको विधान महाधिवेशन ४, ५ र ६ असोजमा गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले यसअघि नै महाधिवेशन मिति घोषणा गरिसकेको छ। ९ मंसीरबाट शुरू हुने महाधिवेशन पाँच दिनसम्म चल्ने कांग्रेसले जनाएको छ।
भदौका लागि निर्धारित महाधिवेशन ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसीरमा सार्ने निर्णय गरेको हो। कांग्रेस जिल्ला सभापतिहरूले भने भदौमा महाधिवेशन सार्ने निर्णयको विरोध गरेका छन्।