काठमाडौंसँगै आठ जिल्लामा थपिए सयभन्दा बढी संक्रमित
आज काठमाडौंसँगै आठ जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएका छन्। आइतबार पाँच जिल्लामा मात्रै सयभन्दा बढी संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज काठमाडौं उपत्यकामा ७७० जनामा संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना देखिएको हो।
उपत्यका बाहिर पनि ६ जिल्लामा एक सयभन्दा बढी संक्रमित देखिएका छन्। मोरङमा १३५, सुनसरीमा ११६, काभ्रेमा १०७, मकवानपुरमा १३६, कास्कीमा १७४ र बाग्लुङमा १३२ जनामा कोरोना देखिएको छ। आइतबार काठमाडौं बाहिर झापा, मोरङ र कास्कीमा मात्रै एक सयभन्दा बढी संक्रमित देखिएका थिए।
आज देशभर तीन हजार १२५ जनामा कोरोना देखिएको छ भने २३ जनाको मृत्यु भएको छ। आइतबार दुई हजार ५६८ जनामा कोरोना देखिएको थियो भने १८ जनाको मृत्यु भएको थियो।
कोरोनाबाट एक हजार ९२५ जना निको भएका छन्। आज देशभर एक लाख ८१ हजार २५ जनालाई खोप लगाइएको छ।