धरानमा डिशहोम फाइबर नेट विस्तार
डिशहोम फाइबर नेट धरानमा विस्तार भएको छ।
काठमाडौंबाट शुरू गरिएको सेवा एक वर्षमै हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, विराटनगर लगायत स्थानमा विस्तार भइसकेको छ।
अब पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगन्ज लगायतका शहरमा विस्तारको तयारी गरिएको कम्पनीले जनाएको छ।
फाइबर नेटका १० देखि १०० एमबीपीएससम्म सेवा उपलब्ध छन्।
फाइबर नेटमा डिशहोम टिभीको निःशुल्क सदस्यता लगायत सुविधा दिइएको छ।