चीनबाट ८ साउनभित्र ४० लाख डाेज खोप आउँदै
सरकारले चीनबाट आगामी ८ साउनभित्र ४० लाख डाेज खोप ल्याउने भएको छ।
सरकारले १८ असारमा चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसोल खोप ल्याउने सम्झौता भएको जनाएको थियो। खोप ल्याउने सम्झौता भए पनि यसअघि सरकारले खोपको परिमाण भने खुलाएको थिएन।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ६ चरणमा उक्त परिमाणको खोप ल्याइने जानकारी दिए।
खोप आपूर्ति गर्नका लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ।
जस अनुसार, पहिलो खेप २४ असारमा आउनेछ। त्यसैगरी, २५ असारमा दोस्रो खेप आउनेछ।
३१ असार, १, ७ र ८ साउनमा बाँकी खोप ल्याइने निगमले जनाएको छ।