कांग्रेस सहमहामन्त्री थापा समूहका ५५ जनालाई महासमिति सदस्य (नामसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापाको समूहका ५५ जनालाई महासमिति सदस्य बनाइएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थापा र उनको समूहका ५५ जना नेतालाई महासमिति सदस्य बनाएको बताए। मुख्यसचिव पौडलले मंगलबार थापालाई पत्र पठाएर ५५ जनालाई महासमिति सदस्य बनाएको जानकारी दिएका छन्।
कांग्रेस मुख्यसचिव पौडेलले हिमालखबरसँग भने, “कांग्रेस केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार नै महासमिति सदस्य बनाएको जानकारी दिइएको हो।”
राप्रपा छाडेर आउँदा कांग्रेस केन्द्रीय कार्यकारिणी समितिले ५५ जनालाई महासमिति सदस्य दिने निर्णय गरेको थियो। कांग्रेस प्रवेश गरेपछि थापालाई सहमहामन्त्री दिइएको थियो। थापा गत साउनमा कांग्रेसमा प्रवेश गरेका थिए।
थापा समूहका महासमिति सदस्यहरूः
१) सुनीलबहादुर थापा
२) रामकृष्ण भट्टराई
३) विष्णुविक्रम थापा
४) बाबुराम बस्नेत
५) बृजलाल यादव
६) किरण गिरी
७) डा. टीएन योगी
८) दिलीप राई
९) आशाराम चौधरी
१०) राजेशबहादुर सिंह
११) लक्ष्मी सुब्बा
१२) मानबहादुर मिश्र
१३) मीनबहादुर कार्की
१४) इन्द्रबहादुर तामाङ
१५) अर्जुनविक्रम थापा
१६) रामबहादुर थापा
१७) कुलप्रसाद दाहाल
१८) नारायणबहादुर राउत
१९) डम्बरबहादुर राई
२०) धनकेशर विष्ट
२१) विष्णुकुमारी राई
२२) कृष्णबहादुर भट्टराई
२३) रुद्रबहादुर कार्की
२४) मो. शैलुन मियाँ
२५) गोपालबहादुर दाहाल
२६) रामकृष्ण सुवेदी
२७) महेन्द्रबहादुर बस्नेत
२८) गोपालप्रसाद न्यौपाने
२९) रमेशकुमार श्रेष्ठ
३०) हरिप्रसाद दाहाल
३१) प्रेमबहादुर खड्का
३२) महेशकुमार मिश्रा
३३) धनकुमार तिमसिना
३४) किफायतुल्ला खान
३५) प्रेम शाही
३६) चन्द्रकुमार घोन्डे गुरुङ
३७) सुरेन्द्र केसी
३८) केदार कार्की
३९) रामपदारथ शाह
४०) जङ्गकुमार गिरी
४१) श्रीचन्द्र महासेठ
४२) चतुरमान विश्वकर्मा
४३) विश्वनाथ श्रेष्ठ
४४) भूपेन्द्र ढुंगाना
४५) अमरबहादुर थापा
४६) माधव खनाल
४७) वसन्तकेशर पण्डित
४८) रवि पण्डित
४९) रोमहर्ष भण्डारी
५०) राजेन्द्र याङदेन
५१) शम्भुविक्रम थापा
५२) खगेन्द्र थापा
५३) नेत्रचन्द्र पौडेल
५४) अग्नि ओझा
५५) भूपेन्द्र कटवाल।