काठमाडौं उपत्यकामा थपिए ५४८ संक्रमित
आज काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिएका छन्। हिजोभन्दा आज संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका तीनै जिल्लामा ५४८ जनामा संक्रमण देखिएको हो। शनिबार तीनै जिल्लामा ३३७ जनामा संक्रमण देखिएको थियो।
आज काठमाडौंमा ४५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार दुई हजार ४०१ जनामा कोरोना देखिएको थियो।
यसैगरी आज कोरोनाबाट ५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ३४ जनाको ज्यान गएको थियो।