‘चीनबाट ४० लाख डोज खोप किन्ने’ समाचार गलतः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ४० लाख डोज खोप किन्ने विषयमा आएका समाचार गलत भएको बताएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले हालसम्म खोप खरीदका विषयमा ठोस निर्णय नभएको र यस विषयमा आएका समाचार गलत भएको बताएको हो।
विभिन्न सञ्चारमाध्यमले साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय गरेको भन्दै समाचार प्रकाशन/प्रसारण गरेका थिए।
सरकारले चीन लगायत विभिन्न देशसँग खोप खरीदका विषयमा छलफल भइरहेको बताएको छ।
नेपालले यसअघि चीन सरकारबाट १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ।