पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको दिल्ली लैजाने तयारी गरिएको छ।
स्वास्थ्यमा समस्या आएपछि खनाललाई ३१ जेठमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।उनलाई नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएको छ।
आज थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको खनालको सचिवालयले जनाएको छ। उनको यसअघि दिल्लीको अपोलो अस्पतालमा उपचार भएको थियो। यसअघि उपचारमा संलग्न चिकित्सकको सल्लाहमै दिल्ली लैजान तयारी गरिएको खनालको सचिवालयले जनाएको छ।
खनाललाई केही दिनअघि कोभिड–१९ संक्रमण भएको थियो।
गएको नौ दिनदेखि उनलाई ज्वरो आएको थियो। त्यसपछि पुनः अस्पताल भर्ना गरिएको हो।