डिशहोममा यूरोकपको प्रत्यक्ष प्रसारण
डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले यूरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट यूरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो।
डिशहोमबाट हुने यूरोकपको प्रत्यक्ष प्रसारणमा नेपाली र अंग्रजी दुवै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्यूल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ। तर, ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन्।
त्यसका लागि ग्राहकले रिमोटमा रहेको पहेलो रङको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्नेछन्।
डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरूमा पनि उपलब्ध छ। त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ।
डिशहोमको एक्सन स्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सिम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिनेछ।