कांग्रेस महाधिवेशन १६-१९ भदौमा प्रस्ताव
नेपाली कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने प्रस्ताव गरिएको छ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन नौ दिन पछि सारेर १६ भदौबाट गर्ने प्रस्ताव गरिएको हो। कोभिड–१९ कारण महाधिवेशन तालिका संशोधन गर्ने प्रस्ताव गरिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए।
यसअघि कांग्रेस महाधिवेशन ७ देखि १० भदौसम्म गर्ने तय भएको थियो। कोभिड–१९ कारण वडा अधिवेशन गर्न ढिलाइ भए पछि महाविधेशन तालिका पनि संशोधन गर्न लागिएको हो।
अब वडा अधिवेशन ६ साउनबाट शुरू गर्ने प्रस्ताव गरिएको छ। यसअघि वडा अधिवेशन ७ असारबाट गर्ने तय गरिएको थियो।
त्यस्तै, क्रियाशील सदस्यता छानविनका लािग २० असारसम्म समय दिने प्रस्ताव गरिएको छ। त्यसपछि ६ साउनबाट वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भए पनि भदौभित्रै महाधिवेशन गर्नुपर्ने बताएका थिए। उनले अब महाधिवेशन पछि सार्न नसकिने बताएका थिए।