स्वास्थ्यमा रु. १ खर्ब २२ अर्ब विनियोजन
सरकारले स्वास्थ्यतर्फ रु. १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गरेको जनाएका छन्। स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।