कोरोनाको गतिभन्दा नियन्त्रणलाई तीव्र पार्छौंः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिड–१९ नियन्त्रणमा केन्द्रित गर्ने बताएका छन्।
कोभिड–१९ संक्रमणभन्दा तीव्र गतिमा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। “हामीले जस्तो तयारी गरिरहेका छौं, कोभिड–१९ त्योभन्दा छिटो गतिमा बढिरहेको छ,” शुक्रबार गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्दै ओलीले भने, “कोरोनाभन्दा तीव्र गतिमा नियन्त्रणलाई केन्द्रित गर्ने नीतिका साथ अगाडि बढेका छौं।”
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट तीन हजार सीट क्षमताको सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्। २०७६ मा सम्झौता गरेर २०७८ मा निर्माण सम्पन्न भएको भन्दै उनले सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे।