मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन्।
उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले बताए। प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल हुनुभन्दा एक दिनअघि उनले राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसमाथि सोमबार प्रदेश सभामा मतदान हुने कार्यसूची तय भएको छ।