नेपाल समूहका सांसदको बैठक सिंहदरबारमा बस्दै
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक सिंहदरबारमा बस्न लागेको छ।
नेपाल समूहका सांसदले राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सांसदहरूलाई सिंहदरबार बोलाइएको हो। बैठक बस्नका लागि सिंहदरबार पुगेको सांसद मेटाराम चौधरीले बताए। “बैठकका लागि बोलाउनुभएको थियो, हामी सिंहदरबार पुगेका छौं,” सांसद चौधरीले भने।
नेपाल समूहको शनिबार राति बसेको बैठकले सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकालेको थियो। आजै पनि नेपालले स्थायी कमिटीका सदस्यहरूसँग भर्चुअल संवाद गरेका थिए। स्थायी कमिटीका सदस्यहरूसँगको संवादपछि बैठकका लागि सांसदहरूलाई सिंहदरबार बोलाइएको हो।