सिटी एक्सप्रेसद्वारा कोरोना बिमाको रकम हस्तान्तरण
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना अभिकर्तालाई कोरोना बिमाको रकम हस्तान्तरण गरेको छ।
कोरोना संक्रमण फैलिन थालेपछि सिटी एक्सप्रेसले आफ्ना अभिकर्ताको बिमा गरेको थियो। बिमा गराएका अभिकर्तामध्ये मापदण्ड पुगेका ८ जनालाई कोरोना बिमा दाबी भुक्तानी रकम जनही रू.५० हजार हस्तान्तरण गरेको हो।
चाबहिलको साई बाबा रेमिटका हरिकुमार श्रेष्ठ, काठमाडौंको अनलाइन सब–रेमिटका दीपेन्द्र ढकाल, झापाको आनन्द मनी ट्रान्सफरका आनन्द थापा, कास्कीको डेस्टिनेशन डेलिभरी सर्भिसका लीला भट्टराई र नवलपुरको मध्यबिन्दु ट्रेड सेन्टरका गोपाल सिर्पालीलाई रकम हस्तान्तरण गरेको हो।
त्यस्तै, सुनसरीको कलशमनी ट्रान्सफरका कुलबहादुर भारती, परासीको जिमिरेभर मनी नेटवर्कका शेरबहादुर गुरुङ र नवलपुरको हीरा इन्टरप्राइजेजका कृष्ण गिरीलाई चेक हस्तान्तरण गरेको सिटी एक्सप्रेसले जनाएको छ।
आफ्ना अभिकर्ताको उत्साह बढाउन र स्वास्थ्य उपचारमा सहज होस् भनेर सिटी एक्सप्रेसले बिमा गरेको थियो। सिटी एक्सप्रेसका देशभर १२ हजारभन्दा बढी भुक्तानी केन्द्र छन्।