बालुवाटारमा डिनर चल्दै थियो नमस्कार गरेर बिदा भएँ : गौतम
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले लिएको २८ फागुनको निर्णय फिर्ता गर्न माग गरेका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग बिहीबार बेलुकी भएको डिनर मिटिङमा आफूले यस्तो धारणा राखेको गौतमको सचिवालयले जनाएको छ।
“९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें,” गौतमले लेखेका छन्, “उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।”
यो डिनर मिटिङको विषयमा प्रधानमन्त्री सचिवालयको भने प्रतिक्रिया आइसकेको छैन।