काठमाडौँ उपत्यकामा असिनासहित वर्षा (तस्वीरहरू)
काठमाडौं उपत्यका र देशको केही पहाडी भूभागमा असिनासहित वर्षा भइरहेको छ। वर्षाले जनजीवन प्रभावित बनाएको छ।
काठमाडौँमा बिहीबार साँझ हुरी चलेको थियो। कतै फाट्टफुट्ट वर्षा पनि भएको थियो। शुक्रबार भने दिउँसोदेखि असिनासहित वर्षा भइरहेको छ।
स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले काठमाडौँ लगायत क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँसहित प्रदेश १ र सुदूरपश्चिमका पहाडी भागमा पनि वर्षा भइरहेको छ।
गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा पनि मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकसित भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ती ठाउँमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसो अचानक वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। भक्तपुर बजार क्षेत्रका केही तस्वीरहरुः