पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए? (सूचीसहित)
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। २५ चैतमा भएको मतदानबाट ६ हजार ९४२ मतसहित पोखरेल विजयी भएका हुन्।
पोखरेलका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन्। यस्तै कुनै प्यानल नबनाई स्वतन्त्र उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले ४९१ भोट पाए भने रामप्रसाद दाहालले १५६ मत पाएका छन्। दाहालले अन्तिममा पोखरेललाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी र समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन्।
महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल, जनजाति सचिवमा नारायणप्रसाद किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसोसिएट सचिवमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन्।
नेपाल पत्रकार महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको हो। यसअघि महासंघको निर्वाचनमा पत्रकारका प्रतिनिधिले मात्रै मतदान गर्न पाउँथे।