एपीएफलाई ललितपुर मेयर च्याम्पियनशिपको उपाधि
ललितपुर मेयर महिला च्याम्पियनशिपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै एपीएफले सहजै जित निकालेकाे छ। सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा एपएफीले १६.२ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हाे।
एपीएफका लागि ज्योति पाण्डेले ३६, सीता राना मगरले २७, इन्दु बर्माले १९ र ममता चौधरीले १५ रन बनाए।
सुदूरपश्चिमका लागि कुनै पनि बलरले विकेट लिन सकेनन्। एपीएफका दुई खेलाडी पनि रन आउट भएका थिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। सुदूरपश्चिमका लागि इन्दु रावलले ४४, डल्ली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले एक–एक विकेट लिएका थिए।
फाइनल खेलमा ज्योति पाण्डे प्लेयर अफ दी म्याच भइन्। त्यस्तै, सीता राना मगरले प्लेयर अफ दी टुर्नामेन्टको उपाधि जितिन् भने रुबिना क्षेत्रीले बेस्ट ब्याटर र बिनु बुढामगरले बेस्ट बलरको उपाधि जिते।