गृहमन्त्री थापालाई सांसदबाट हटाउन माओवादीले गर्यो पत्राचार
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापालाई सांसदबाट पदमुक्त गर्न संघीय संसद् सचिवालयमा पत्राचार गरेको छ।
प्रतिनिधि सभाका चार सांसदलाई पदबाट हटाएको भोलिपल्ट थापाले दल त्याग गरेको पत्र सचिवालयमा पठाएको राष्ट्रिय सभा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले बताए। थापा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।
सांसद नरहेपछि थापा गृहमन्त्रीबाट पनि पदमुक्त हुनेछन्।
त्यस्तै, राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि माओवादीले स्पष्टीकरण साेधेकाे छ। उनलाई २४ घन्टे स्पष्टीकरण सोधिएको नेता शर्माले बताए। खड्का पनि माओवादीबाटै राष्ट्रिय सभा सदस्य बनेका थिए।