महान्यायाधिवक्तामा रमेश बडाल
अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई शुक्रबार महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।
अग्नि खरेलले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बडालको नाम सिफारिश गरेका थिए ।
संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।
सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ता बन्न सक्ने संवैधानिक प्रावधान छ। महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार हो ।
काठमाडौं–७, चाबहिल निवासी बडालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सरकारको तर्फबाट बहस गरेका थिए ।