ताप्लेजुङ आगलागी : डेढ दशकमा ३३८ परिवार विस्थापित
ताप्लेजुङको फुङलिङ बजारसहित ठाउँमा विभिन्न समयमा भएका ठूल्ठूला आगलागीबाट धेरै घरपरिवार चपेटामा परेका छन्। त्यहाँ पछिल्लो सत्र वर्षमा आगलागीबाट १५२ घर जलेर नष्ट भएको र ३९३ परिवार विस्थापित भएको तथ्यांक छ।
१५ चैत २०६० मा वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए। यस्तै, २६ माघ २०६९ मा शेर्पाटोलमा आगलागीबाट आठ घर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्यांक छ। १८ कात्तिक २०७० मा टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए।
त्यसैगरी, ९ चैत २०७१ मा फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेका थिए। उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए। १९ वैशाख २०७७ मा पुरानो ब्यांक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए।
पछिल्लो पटक मंगलबार (१८ फागुन) ताप्लेजुङको दोस्रो ठूलो बजार, मेरिङ्देन गाउँपालिका-३ स्थित दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित भएका छन्।
(रासस)