आजकाे मौसम : पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक तथा सामान्य प्रभाव रहेको छ। जसले गर्दा केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रही बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। त्यस्तै, प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।
राति भने प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रही बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
सोमबार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।