कुरूप बनेकाे काठमाडौंको कथा ‘सुन्दर शहर, कुरूप शहर’मा
कुनै बेला अलकापुरीका नामले चिनिने काठमाडौं कसरी कुरूप भयो? काठमाडौंको यो कथा भिडियो म्यागजिन सग्लो समाजको नयाँ अंक ‘सुन्दर शहर, कुरूप शहर’मा हेर्न सकिने भएको छ।
बेढंगका घर र अरू संरचनाले गर्दा काठमाडौंले गुमाएको सौन्दर्यको कथा सग्लो समाजको नयाँ अंकमा ‘सुन्दर शहर, कुरूप शहर’मा समेटिएको छ। हाम्रा कामले काठमाडौंलाई कुरूप बनाइरहेको विषयको पनि नयाँ अंकमा समीक्षा गरिएको छ।
काठमाडौं मात्रै होइन, ललितपुर र भक्तपुरले पनि सुन्दरता गुमाइरहेका छन्। यी दुवै शहरका कथा पनि नयाँ अंकमा अटाएको छ।
यससँगै काठमाडौं उपत्यकालाई सुन्दर बनाउने प्रयास पनि भइरहेका छन्। सुन्दर बनाउने प्रयासबारे पनि भिडियो म्यागजिनमा नयाँ सामग्री रहेको छ।
सग्लो समाजको ‘सुन्दर शहर, कुरूप शहर’ आज राति ८ः३० बजे डिसहोमको सरोकार टिभी (च्यानल नं. १३०)मा देख्न सकिनेछ।