अस्ट्रेलियन ओपनको उपाधि जापानकी नाओमी ओसाकालाई
जापानकी स्टार खेलाडी नाओमी ओसाकाले दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। उनले अमेरिकाकी २२औँ वरीयता प्राप्त जेनिफर ब्राडीलाई पराजित गरेकी हुन्।
फाइनल खेल छैटौँ वरियताकी ओसाकाले सोझो सेटमै सजिलै जितिन्। उनले ब्राडीलाई ६-४ र ६-३ ले हराउँदै उपाधि आफ्नो हातमा पारेकी हुन्।
योसँगै ओसाका दुईपटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने १२औँ महिला खेलाडी बनिन्। यो उनको चौँथो ग्रान्ड स्लाम उपाधि हो।
उनले सेमिफाइनलमा अमेरिकाकी सेराना विलियम्सलाई पनि सोझो सेटमा पराजित गरेकी थिइन्। उक्त हारसँगै २४औँ महिला सिंगल ग्रान्ड स्लामको उपाधि जित्ने ३९ वर्षीया सेरेनाको सपना यो पटकलाई रोकिएको थियो।