प्रधानमन्त्री ओलीद्वारा पुनःनिर्मित सिंहदरबारका तीन मोहडा उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारका तीन मोहडाको उद्घाटन गरेका छन्।
१२ वैशाख, २०७२ मा गएको भूकम्पले सिंहदबारमा क्षति पुर्याएको थियो। त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेको हो।
सोमबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्यको उद्घाटन गरेका हुन्।
अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यहीँ भवनमा सर्ने भएको छ। भूकम्पले क्षति पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालयको भवनमा सरेको थियो।
यसलाई प्रबलीकरण गरेर अत्याधुनिक सुविधा सम्पन्न बनाइएको छ। पुनःनिर्माण गरिएको भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४सै घन्टा उपलब्ध हुने वातानुकूलन प्रणाली जडान गरिएको छ।
यो मोहडा २०३० को आगलागीमा क्षति पुगेको थियो। त्यसपछि २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो।