‘तिम्रो माया चाहिँ माया, मेरो माया चाहिँ ढुंगा–माटो ?’
महिला र पुरुषको मात्र नभएर लैंगिक अल्पसंख्यकबीचको मायालाई पनि सम्मान गरौं भन्ने सन्देशसहित १४ फेब्रुअरी ‘भ्यालेन्टाइन्स डे’को अवसरमा आज पाटन दरबार स्क्वायर क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
‘लभ इज टेन्डर नो जेन्डर’, ‘मिस्टर एन्ड मिस्टर’, ‘मिसेस एन्ड मिसेस’, ‘माया त माया हो’, ‘तिम्रो माया चाहिँ माया, मेरो माया चाहिँ ढुंगा–माटो ?’ लेखिएका प्लाकार्ड प्रदर्शन गरिएका थिए ।
सबै खालका मायालाई समान रूपमा स्वीकार गरौं भन्ने थिममा सहभागीहरूले नृत्य लगायतका प्रस्तुति दिएका थिए । विवेकशील साझा पार्टी इन्दे्रणी विभाग र विवेकशील साझा पार्टी अभियान विभागको आयोजनामा गरिएको कार्यक्रममा हर किसिमको माया स्वीकार्य हुनुपर्छ भन्ने भाव प्रस्तुत गरिएको थियो ।