विदेश जान सिफारिश चाहिने प्रस्तावविरुद्ध पासपोर्ट बोकेर प्रदर्शन
महिलालाई विदेश जान सिफारिश चाहिने प्रस्तावविरुद्ध अध्यागमन विभागअगाडि पासपोर्ट बोकेर प्रदर्शन गरिएको छ।
सरकारले प्रस्ताव गरेको नयाँ प्रावधानअनुसार ४० वर्षभन्दा कम उमेरकी महिलाले एक्लै विदेश जान चाहेमा उनले परिवारको सहमति र वडा कार्यालयको सिफारिश बुझाउनुपर्ने व्यवस्था राखिएको छ। अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा (पर्यटक भिसा)सम्बन्धी व्यवस्था संशोधन प्रस्ताव गृह मन्त्रालय पठाइएको छ।
उमेर हद तोक्ने, सिफारिश खोज्ने, बिमा गराउनेजस्ता नीतिमार्फत् सरकारले महिलाको हिँडडुल गर्न पाउने आधारभूत अधिकारमाथि नै अंकुश लगाउन खोजेको भन्दै अधिकारकर्मीले प्रर्दशन गरेका हुन्।