गंगामायाको जीवन रक्षाका लागि बालुवाटारमा नागरिक र्याली
अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा नागरिक र्याली निकालिएको छ।
नेपाल मानव अधिकार संगठनको नेतृत्वमा मंगलबार बिहान १० बजे नक्सालस्थित नारायण चौरबाट र्याली निकालिएको हो। नारायण चौरबाट शुरु भएको र्याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।
न्यायको माग गर्दै गंगामाया अनशनमा छिन्। उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले जीवन रक्षाका लागि सरकारलाई दबाब दिन ¥याली निकालिएको गंगामाया बचाउ अभियानका संयोजक महामुनीश्वर आचार्यले बताए।
लामो समयदेखि न्यायको माग गर्दै आएकी गंगामाया वीर अस्पतालमै अनशन बसिरहेकी छिन्।