प्रहरी प्रवक्तामा कुँवर
नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरलाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत कुँवरलाई प्रवक्ता तोकिएको जानकारी दिएको हो। गत शुक्रबार भएको एसएसपीहरुको सरुवामा कुँवर प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए। त्यसअघि उनी प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा कार्यरत थिए।
यसअघिका प्रहरी प्रवक्ता, एसएसपी कुवेर कडायत पनि कुँवर कार्यरत रहेको नवलपरासीस्थित महाविद्यालयमा सरुवा भएका छन्।