मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं सिजनको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ। दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बईले फाइनल यात्रा तय गरेको हो।
रोहित शर्माको कप्तानीको टिम आईपीएलको पाँचौं उपाधि जित्ने सुरमा देखिएको छ। यसअघिको सिजनमा मुम्बईले चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो भने त्यसअघि सन् २०१७, २०१५ र २०१२ मा च्याम्पियन बनेको थियो।
दिल्ली क्यापिटल्स विरुद्ध दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको म्याचमा मुम्बईले टस जितेर बलिङ गर्दै २०१ रनको चुनौती पस्किएको थियो। जवाफमा दिल्ली क्यापिटल्सले आठ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो।
खराब शुरुआत गरेको दिल्लीले खाता खोल्नु अगावै तीन विकेट गुमाएको थियो। दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको पारी खेले। यस्तै, जसप्रीत बुमराहले चार ओभरमा १४ रन बनाए भने चार विकेट लिए। उनी म्यान अफ द म्याच समेत घोषित भए।
आईपीएलको यो सिजनमा मुम्बईले दिल्लीलाई तेस्रो पटक पराजित गरेको हो।
मुम्बईले पाँच विकेट गुमाएर २०० रन बनायो। टीमको लागि इशान किशनले सबैभन्दा धेरै ५५ रन बनाए भने सूर्यकुमार यादवले ५१ र क्विन्टन डिककले ४० रनको योगदान गरे। अन्त्यमा हार्दिक पान्ड्याले १४ बलमा ३७ रनको पारी खेले। त्यस क्रममा उनले पाँच वटा छक्का प्रहार गरेका थिए।