जेम्स बोन्ड अभिनेता सन कनरीको निधन
जेम्स बोन्ड अभिनेता सन कनरीको ९० वर्षको उमेरमा निधन भएको छ।
स्कटिश निर्माता, अभिनेता कनरीलाई विश्वले जेम्स बोन्डका नामले चिन्ने गरेको छ। उनको निधन बहमासमा भएको जेम्स बोन्ड चलचित्र श्रृंखलाका निर्माताहरूले बताएका छन्। तर, निधनको दिन खुलाइएको छैन।
‘डा. नो’ नामक उनको पहिलो जेम्स बोन्ड चलचित्रबाट शुरू भएको यात्रामा सात वटा जेम्स बोन्ड चलचित्र बनेका थिए।
उनी जेम्स बन्ड मात्र थिएनन्। कनरीले एउटा अल्फ्रेड हिच्कक फिल्म, ‘मार्नी’ (सन् १९६४), ‘मर्डर अन दी ओर्डियन्ट’ (सन् १९७४), ‘इन्डियाना जोन्स एन्ड दी लास्ट क्रुसेड’ (सन् १९८९), ‘दी अनटचेबल्स’ (सन् १९८७) मा पनि अभिनय गरेका थिए।
‘दी अनटचेबल्स’मा शिकागोका पुलिस जिम मालोनको रूपमा उत्कृष्ट प्रदर्शन गर्ने अभिनेताका लागि उनलाई अस्कर (एकेडेमी) पुरस्कार मिलेको थियो। चलचित्रमा उनको योगदानका लागि सन् २००० मा नाइटहुड सम्मान पनि पाएका थिए। उनको जन्म सन् १९३० अगस्त २५ मा स्कटल्याण्डमा भएको थियो।