यस वर्ष कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने
नेपाली कांग्रेसले बडादशैंको कोजाग्रत पूर्णिमामा हरेक वर्षा आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ।
कोभिड—१९ संक्रमण महामारीका यस वर्ष चियापान कार्यक्रम नहुने कांग्रेसले विज्ञप्ति मार्फत जनाएको छ।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि कांग्रेसले २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदाप्रदान गर्दै आएको छ।