कपिल देवलाई हृदयाघात, मुटुको शल्यक्रिया गरियो
भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देव (६१) लाई हृदयाघात भएको छ। नयाँ दिल्लीस्थित अस्पतालमा भर्ना गराइएका उनको एन्जिओप्लास्टी अर्थात् मुटुको शल्यक्रिया गरिएको छ।
उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र श्रीमती रोमीसँग कुरा गरेकोटाइम्स अफ इन्डियाले जनाएको छ।
बिहीबार छातीमा पीडा भएपछि उनलाई अस्पताल लगिएको थियो। मुटुमा ब्लकेज देखिएपछि उनको एन्जियोप्लास्टी गरिएको हो।
चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र खतराबाट बाहिर रहेको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कपिल देवलाई हृदयाघात भएको खबर आएपछि ट्वीटरमा सचिन तेन्दुल्कर, विराट कोहली लगायत क्रिकेटरले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
कपिल देवको कप्तानीमा भारतले सन् १९८१ मा पहिलो एकदिवसीय विश्वकप जितेको थियो।