निशानको म्यागनाइट एसयूभी नेपाली बजारमा आउँदै
निशान मोटर्सको एसयूभी म्यागनाइट अनलाइन मार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको छ। निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी शुरु गरेको छ।
‘बिग, बोल्ड, ब्युटिफुल’ भनिएको यो एसयूभीमामा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्पर जस्ता विशेषता समेटिएका छन्।
निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ। जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन र अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुने पायोनियर मोटोकर्पले जनाएको छ।
निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टी. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत फिचर छन्।