कक्षा १२ को परीक्षा मंसीर ९ गतेदेखि
कक्षा १२ को वार्षिक परीक्षा मसीर ९ गतेदेखि हुने भएको छ। वैशाखमा हुनुपर्ने परीक्षा कोरोनाभाइरस संक्रमण महामारीका कारण मंसीरबाट हुने भएको हो।
लामो समयको अन्योलपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा ९ मंसीरदेखि शुरु भएर १६ गते सकिनेछ।
जनस्वास्थ्यका सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी परीक्षा संचालन हुने परीक्षा बोर्डले जनाएको छ।
हेर्नुहोस् परीक्षा तालिका-