भैरहवामा पेट्रोल पम्पमा आगलागी
भैरहवाको एभ्रेष्ट आयलमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ट्यांकरले तेल खन्याउने क्रममा अचानक पम्पमा आगलागी भएको हो।
आगलागी नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग गरिएका छन्। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त आयल योगेश घिमिरेको हो।