कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग
मनघरी फाउन्डेशन काठमाडौंले स्वास्थ्य सेवा कार्यालय सल्यान र जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पश्चिममा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
फाउण्डेशनले जनस्वास्थ्य कार्यालय रुकुम पश्चिमलाई १५ सेट पीपीई, १५ थान फेस सिल्ड र मास्क र स्वास्थ्य सेवा कार्यालय सल्यानलाई १० थान पीपीई सेट र १० थान फेस सिल्ड उपलब्ध गराएको जनाएको छ।
त्यस्तै, पत्रकारका लागि नेपाल पत्रकार महासंघ सल्यान र रुकुमलाई प्रेस ज्याकेट, फेस सिल्ड, स्यानिटाइजर लगायतसामग्री उपलब्ध गराइएको फाउण्डेशनका भरतबन्धु थापाले जानकारी दिए।