पदाधिकारीलाई कोरोना संक्रमण भएपछि क्रिकेट संघको साधारणसभा सर्यो
नेपाल क्रिकेट संघ क्यानको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। आगामी २८ र २९ असोजका लागि तय भएको साधारणसभा संघका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूमा कोरोना संक्रमण देखिएका कारण स्थगित भएको हो।
संघका महासचिव चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै ६ असोजमा चितवनमा बसेको बोर्डको बैठकले २८ र २९ असोजमा साधारण सभा गर्ने भनेर मिति तय गरेपनि संघका पदाधिकारी र केही कन्द्रीय कार्यसमिति सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र हाल आइसोलेसनमा रहेकाले स्थगित भएको जनाएका हुन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित भएको उल्लेख गरेका छन्।