राष्ट्रिय खेलकुद परिषदमा ९ जना सदस्य नियुक्त गर्ने सरकारको निर्णय
सरकारले राष्ट्रिय खेलकुद परिषद्मा ९ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिषरिषद बैठकले मनोनयन गर्न बाँकी सदस्यको नाम पारित गरेको हो।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राखेपमा ९ सदस्य मनोनयन गर्ने निर्णय गरिएको जानकारी दिए।
मनोनित हुने ९ सदस्यको सूची
१. हरि खड्का चन्द्रगढी-१०, झापा
२. मानदेव हजरा विरगंज पर्सा
३. बाग्मती श्री पुरेन्द्र विक्रम लाखे ठैब-५,ललितपुर
४. गण्डकी श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती
५. सुमित्रा चौधरी वदैयाताल-८, बर्दिया
६. कर्णाली श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत
७. सुदुरपश्चिम श्री ऐकेन्द्र कुँवर अछाम
८. चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर
९. मोहम्मद सागिर शेख पर्सा