नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।
"हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो। यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरू एवं महानुभावहरूले पीसीआर गरी सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु", चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन्।
हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।
Posted by Shanta Chaudhary on Tuesday, October 6, 2020