रुसले २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल पठाउने
रुसले कोभिड-१९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल पठाउने भएको छ। रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्समार्फत नेपालमा उक्त औषधी पठाउने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रुसले उत्पादन गरेको कोरोनाभाइरसविरुद्दको भ्याक्सिन अहिले परीक्षणकै क्रममा छ।
कोषले ट्रिनिटी फार्मस्युटिकल्सलाई यस क्षेत्रको आधिकारीक वितरक भएको बताएको छ। साथै कोषले ट्रिनिटीमार्फत भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ।
यहाँ यसको क्लिनिकल ट्रायलको अपेक्षासमेत रुसले गरेको रोयटर्सले उल्लेख गरेको छ।